१६ चैत्र २०८०, शुक्रबार

साउन २७ गते बोलाइयो लुम्विनी प्रदेश सभाको विशेष अधिवेशन, मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

Lumbini Pradesh Sabha

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने भएको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते छलफल हुने भएको हो ।

प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ गतेका लागि तोकिएको जनाएको हो ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वानको मिति तोकेका हुन् ।

साउन १८ गते सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।