७ बैशाख २०८१, शुक्रबार

अष्ट्रेलियाविरूद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा बंगलादेशको लगातार दोस्रो जित

bangladesh vs australia

अष्ट्रेलियाविरूद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ ।

दोस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै बंगलादेश लगातार दोस्रो खेलमा विजयी भएको हो । १ सय २२ रनको मध्यम लक्ष्य बंगलादेशले आठ बल अगावै ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

उसका लागि अफिफ होसैनले नटआउट ३७ रन जोडे । त्यस्तै साकिब अल हसन २६ तथा महेदी हसन २३ रनमा पेभेलिएन फर्के । अष्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एष्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले समान एक(एक विकेट लिए ।

यसअघि मिरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । उसका लागि मिचेल मार्शले ४५ तथा मोइसिस हेन्रिक्सले ३० रन बनाए ।

बलिङमा बंगलादेशका मुस्तफिजुर रहमानले ३ तथा सोरिफुल इस्लामले २ विकेट लिए । जितसँगै घरेलु टोली बंगलादेशले पाँच खेलको श्रृंखलामा २० को अग्रता बनाएको छ । पहिलो खेलमा बंगलादेश २३ रनले विजयी भएको थियो ।