१६ चैत्र २०८०, शुक्रबार

बङ्गलादेशको ऐतिहासिक जित, अष्ट्रेलियाको लगातार पाँचौं श्रृखंला हार

bangladesh vs australia

बङ्गलादेशले अष्ट्रेलियालाई हराएर इतिहास बनाएको छ । घरेलु मैदानमा बङ्गलादेशले तेस्रो तथा अन्तिम टी ट्वान्टीमा दश रनले हराउँदै क्रिकेटको कुनै पनि स्वरुपमा अष्ट्रेलिया बिरुद्ध श्रृखंला जितेको यो पहिलो अबसरको रुपमा दत्र्ता गराएको छ ।

ढाकामा सम्पन्न तेस्रो टी ट्वान्टीमा जितसँगै पाँच खेलको श्रृखंलामा बङ्गलादेशले ३–० को अग्रता लिएको छ । अष्ट्रेलियाले भने आफ्नो प्रतिष्ठा जोगाउन भएपनि अन्तिम दुई टी ट्वान्टी खेल जित्नुपर्ने हुन्छ ।

अष्ट्रेलियाली क्रिकेट टोलि भने पछिल्लो दुई दशकमा हालसम्मकै सबैभन्दा कमजोर लयबाट गुज्रिरहेको छ । उसले लगातार पाँच टी ट्वान्टी श्रृखंला गुमाएको छ । गत् वर्ष इंग्ल्याण्ड भ्रमणको क्रममा सुरु भएको अष्ट्रेलियाली टी ट्वान्टी टोलिको हारको यात्रा बङ्गलादेशको ढाका पुगेर समेत रोकिएको छैन् ।

अपेक्षाकृत कमजोर बङ्गलादेश बिरुद्धको श्रृखंला जितेर अष्ट्रेलियाले विश्वकप टी ट्वान्टी क्रिकेटको पूर्ब सन्ध्यामा लयमा आउने अपेक्षा गरिएको थियो । तर सम्भब भएन ।

वेष्टइन्डिजले आफ्नो घरेलु मैदानमा अष्ट्रेलियालाई ४–१ ल्े हराएको थियो । त्यसअघि, न्युजिल्याण्डले अष्ट्रेलियालाई ३–२ ले हराउँदा भारतले अष्ट्रेलियामै गएर उसलाई २–१ ले हरायो । इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा २–१ ले हराएको थियो ।

ढाकामा गए राति सम्पन्न खेलमा बङ्गलादेशले जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाबमा औसत सुरुवात गरेको अष्ट्रेलियाले १३ ओभरमा मात्र दुई विकेटको क्षतिमा ७० रनको स्थितिमा बलियो अवस्थामा देखिएको थियो । तर जितका लागि सात ओभरमा ५८ रन आवश्यक छदा उसले पुरै २० ओभर खेलेपनि चार विकेटको क्षतिमा मात्र ११७ रन जोडन सक्यो ।

उसको पारीमा मिसेल मार्शले बनाउनुभएको ५१ रन सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । मार्शको अद्र्धशतकीय पारी अष्ट्रेलियालाई जित दिलाउन पर्याप्त भएन । एलेक्स कैरी २० रनमा अविजित रहनुभयो ।

बङ्गलादेशको पारीमा ‘डेथ ओभर’मा मुस्तफिजुर रहमानको बलिङ उत्कृष्ट रहयो । उहाँले चार ओभरमा मात्र नौ रन खर्चिनुभयो । नसुम अहमद र शकीब अल हसनले सामान एक एक विकेट लिँदा शोरिफुल इस्लामले एक विकेट लिनुभयो ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बङ्गलादेशले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतिमा १२७ रनको सामान्य योगफल तयार गरेको थियो । ब्याटिङका लागि कठीन पिचमा कप्तान महम्मदुल्लाहले सर्वाधिक ५२ रनको योगदान दिनुभयो । शकीबले २६ रनको उत्कृष्ट पारी खेल्नुभयो ।

महम्मदुल्लाह प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।