१२ बैशाख २०८१, बुधबार

एमाले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

madhav jhalanath

रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता गठबन्धनका नेताहरुमाथि आक्रोश व्यक्त गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय सार्वजनिक भएपछि उनले आज फेसबुकमार्फत आक्रोस व्यक्त गरेका हुन् ।

उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाब रहेको बताएका छन् । ‘मलाइ स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाब रहेछ।’ उनले भनेका छन् , ‘गुरु भट्टराई देखेर तीन कान्ला हाम्फानेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ? म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको हो। त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसियालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन। ’

भट्टराईले गरीबका छोराछोरीलाई कामना लगाएको दाबी गरेका छन्। ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिब नागरिकका छोराछोरीलाई हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर।’ उनले भनेका छन्, ‘गरीबका छोराछोरीलाई कामना लगाएको छु। भारतीय कम्पनिलाई दिनु पर्ने ८ करोड आजै पठाउँदै छु र ट्रायल रन गर्दैछु। माकुनेसँग मैदानमा भेट्ने हो।’

उनले लेखेका छन्, ‘मैले त घोषित रुपमा भनेको हुँ, माधव नेपाल कहाँबाट चुनाव लड्छन, २ महिना म त्यहि बिताउने वाला छु। मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु। त्यसपछि विपक्षि दलको सरकार बनाउँन हिड्ने यस्ता अराजनितिक मान्छे कहाँ पुग्छन प्रष्ट छ। म त घोषित रुपमा भन्दैछु माकुने राजनीतिके क्यानसर हो, काटेर फाल्न आवश्यक छ।’नेकपा एमालेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

वरिष्ठ नेता माधवकुमार नेपालको आह्वानमा आज नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बैठक बस्ने तय भएको एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिनुभयो ।

यसअघि हिजोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने नेपाल निकट केन्द्रीय सदस्य चौधरीले जानकारी दिनुभयो ।

पार्टीभित्रको विवाद समाधानका लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाउनुभएको हो । बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ।

एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष केपी शर्मा ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राख्नुभएको छ ।

एकता हुन नसके सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ। नेता नेपालले निर्णय दिन नसकेकाले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

एमाले केन्द्रीय सदस्य चौधरीले भने अब अध्यक्ष ओलीसँग सहकार्यको सम्भावना लगभग सकिएको बताउँदै आजको बैठकले सरकारमा सहभागी हुने र नयाँ पार्टी गठनबारे निर्णय लिइने दाबी गर्नुभयो ।