६ बैशाख २०८१, बिहीबार

आजदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र

health

सरकारले आजदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न सरकारले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्न लागेको हो ।

यसका लागि अनलाइनमार्फत तोकिएको ढाँचामा फारम भरी मागिएका कागजातहरु अपलोड गर्नुपर्ने हुन्छ ।

विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

अनलाइनबाट अपलोड गर्न नसक्नेहरुको लागि भने स्वास्थ्य मन्त्रालयले आज बिहान १० बजेदेखि हरेक दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर कागजातहरु पेश गर्नुपर्ने व्इवस्था मिलाइएको छ ।

क्युआर कोडका लागि राहदानी, खोप कार्ड, विदेश जानेको हकमा भिसा र टिकटको फोटोकपी आवश्यक पर्नेछ । खोपको मात्रा पूरा गरेका सबै व्यक्तिहरूलाई क्यूआर कोडसहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउँदै जाने मन्त्रालयले जनाएको छ ।

Vaccine card process 768x768 1