२३ बैशाख २०८१, आईतवार

योगेश भट्टराईले भने– कोरोना खोपका लागि प्रधानमन्त्रीलाई समयको छुट छैन

Yogesh Bhattasrai
फाइल फोटो

नेकपा (एमाले)का नेता योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेर बहादुर देउवालाई समयको छुट नरहेको बताएका छन् । उनले असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता र ‘खोप खोप खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा पूरा हुन कठिन रहेको उल्लेख गरे ।

संसद् बैठकमा बोल्दै भट्टराईले भने,“६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले मात्रै पूर्णखोप र १४ प्रतिशतले पहिलो खोप लगाइएको छ । असोजभित्र सबै नागरिकलाई खोप लगाउने मन्त्रीको घोषणा पूरा हुने अवस्था छैन ।”

उनले थपे,“प्रधानमन्त्रीज्यू, कोरोना नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन । शंकाको सुविधा छैन ।”