१३ बैशाख २०८१, बिहीबार

जयसिंह धामी घटनामा एसएसबीको संलग्नताबारे गगन थापाले मागे गृहमन्त्रीसँग जबाफ

Gagan Thapa

नेपाली कांग्रेसका सांसद् गगन थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जयसिंह धामी घटनामा संलग्नता छैन भन्ने जबाफ दिएकोबारे सञ्चार माध्यममा आएका कुराबारे गृहमन्त्री बालकृष्ण खाँणसँग जबाफ मागेका छन् ।

गत साउन १५ मा तुइन तर्ने क्रममा दार्चुलास्थित व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । एसएसबीले तुइनको डोरी काट्दा उनी महाकाली नदीमा बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ ।

यसबारे मंगलबार प्रतिनिधिसभामा बोल्दै थापाले गृहमन्त्री खाँडलाई भने,“जयसिंह धामीको घटना भारतीय पक्षले भारतीय सीमा सुरक्षा बलको कुनै संलग्नता नरहेको जिकीर गर्यो भन्ने मिडियामा आएको छ सत्य के हो ? भारतीय पक्षले आधिकारिक रुपमा आफ्नो संलग्नता नरहेको भनेको हो ? यदी यस्तो हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला ?”

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाएर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले आफूहरुलाई कसरी दिलाउने भन्ने प्रश्न पनि थापाले राखेका छन् ।