१३ बैशाख २०८१, बिहीबार

स्थगित भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

prachanda maobadi perisdanda

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टीबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउन आज दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो ।

तर, अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को कार्यव्यस्तताकाले आज बैठक नबस्ने भएको छ ।

नेताहरुको व्यस्तताका कारण बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।