१३ बैशाख २०८१, बिहीबार

अभिनेत्री बर्षा शिवाकोटीको सुझाव: फिल्म चलाउन हल नै कुरेर बस्नुपर्छ भन्ने छैन

barsha siwakoti
फाइल फोटो

कोभिडका कारण नेपाली फिल्म चलायमान बन्न सकेको छैन । अहिलेको कोरोना महामारीका कारण डेढ वर्षदेखि फिल्म हल बन्द रहेका छन् भने फिल्म निर्माण समेत प्रभावित बनेका छन् । कोरोनाको महामारी नेपालमा फैलिनुभन्दा अघि निकै फिल्म निर्माण भएर प्रदर्शनका तयारीमा रहेका छन् ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गत वर्ष लकडाउन घोषणा गरे पछि केहि फिल्मको छायांकन आधा भएको थियो । सरकारले विस्तारै लकडाउन खोलेपछि आधा छायांकन भएका फिल्मका निर्माण टिमले अपुरोलाई पुरा गरे । दुइ दर्जन भन्दा बढि फिल्मले सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा राखिएको छ ।

अहिले नयाँ नेपाली फिल्म दर्शकले हेर्न पाएका छैनन् । यस्तो अवस्थामा नेपाली फिल्म चलायमान बनाउनका लागि केहि निर्माता तथा निर्देशकले डिजिटल प्लेटफर्म रोजेका थिए । तर, राम्रा फिल्ममेकरले भने ओटीटीमा फिल्म नलगाई हलमा लगाउने निधोका साथ बसेका छन् । हल कहिले खुल्छ भन्ने कुरा एकिन छैन । यस्तो अवस्थामा फिल्मलाई चलायमान बनाउन ओटीटी प्लेटफर्म युज गर्नु पर्ने अभिनेत्री बर्षा शिवाकोटीले सुझाव दिएकी छन् ।

अभिनेत्री शिवाकोटीले अहिलेको जे चलिरहेको छ त्यसैमा फोकस गर्नुपर्ने बताएकी छन् । उनले फिल्म चलाउनका लागि हल नै पर्खिनु पर्ने अवस्था अहिले नरहेकोले डिजिटल प्लेटफर्ममार्फत भए पनि चयानमान बनाउनुपर्ने बताएकी हुन् । मेरो फिल्मसँगको कुराकानीमा अहिलेको अवस्थामा फिल्म हल खुलेपनि दर्शक आउने अवस्था नरहेकोले ओटीटी जस्ता डिजिटल माध्यमबाट फिल्म रिलिज गरेर फिल्म क्षेत्रलाई विस्तारै चलायमान बनाउन सकिने बताएकी छन् ।

उनले भनिन्,‘कोरोनाको महामारीका कारण हलमा दर्शक फिल्म हेर्न जानुहोला भन्ने छैन ।अहिले ओटीटी प्लेटफर्म अलिक बढि एक्टिभ रहेको छ । यसैलाई अलिक बढि प्रायोटि दिएर अडियसनलाई आकर्षण गराउन सकिन्छ । कुन प्लेटफर्म अडियन्सले बढि खोजेकाका छन् त्यसैमा फिल्म लगाउनुपर्छ भन्ने मलाई लाग्छ । हललाई मात्र कुरेर पनि हुँदैन ।’ अहिले बर्षा अभिनित फिल्म ‘श्री’ नेटटिभीमा प्रदर्शन भइरहेको छ ।