२३ बैशाख २०८१, आईतवार

बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

dauunne buus accident
फाइल फोटो

बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्य पहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नम्बरको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरिलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ क ाविष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुँवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ बडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिनुभयो ।

घाइते सबै सकुशल रहेकोहवारीले जानकारी दिनुभयो । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।