२४ बैशाख २०८१, सोमबार

एकता प्रयास चलिरहेका बेला एमालेको संस्थापन पक्ष महाधिवेशनको तयारीमा

oli uml 69

दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष आफ्नो योजना अनुसार अघि बढेको छ ।

ओली पक्षीय स्थायी कमिटीमा विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकमा भदौ २७–२८ मा विधान अधिवेशनको प्रस्ताव गरिएको छ ।

बैठकले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले असोज ३ मा देशभरका वडा अधिवेशन र असोज ९ मा स्थानीय तहको अधिवेशन गर्ने प्रस्ताव पनि गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुनुभयो । नेपाल खनाल पक्षले पहिले झै बैठक बहिस्कार गरेको छ । वरिष्ठ नेता नेपाललाई मिल्नु पर्छ भनेर दबाब दिईरहेका नेपाल पक्षकै नेताहरु पनि बैठकमा सहभागी भएनन ।