
चार कम्युनिस्ट पार्टीले दार्चुला घटनाको निर्दा गरेका छन् । आज नेकपा क्रा.मा.का महाचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवु नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप भएको बताएका छन् ।
शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमाथि बनेको तुइन फुत्काउँदा दार्चुलाको ब्यास गाउँपालका(२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । चार कम्युनिस्ट पार्टीले उनको अवस्था सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिन नेपाल सरकारसँग माग गरेको छ ।
उनीहरुले घटनाको वास्तविकता यथाशक्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नांगो षड्यन्त्र र हस्तक्षेप हो। यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शीघ्रतिशिघ्र कारबाही गर्न विश्वासिलो छानविन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौं विज्ञप्तिमा उल्लेख छ।
यसअघि आजै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्याँस गाउँपालिका(२ का धामीको घटनाबारे भारतीय पक्षसँग जानकारी माग गरेको विज्ञप्तिमार्फत जानकारी दिएको थियो।
