१४ बैशाख २०८१, शुक्रबार

टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको निधन

death body 696x392 1

कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको निधन भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा निधन भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पु¥याउने क्रममा निधन भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिनुभयो । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ । रासस