१६ चैत्र २०८०, शुक्रबार

घरबाट निस्केर गाउँतिर घुम्न गएका बोहरा मृत फेला

death

साँझको समयमा घरबाट निस्केर गाउँतिर घुम्न गएका एक जना पुरुष बझाङमा मृत फेला परेका छन् । सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा निवासी ४५ वर्षीय विक्रम बोहरा मृत अवस्थामा फेला परेको बताइएको छ ।

बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गरेका थिए । उनीहरूले बिहीबार बिहान घोगणाको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको प्रहरीको भनाइ छ ।

बोहराको शवलाई पोष्टमार्टम गरेर दाहसंस्कारको निम्ति आफन्तले लगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।