६ चैत्र २०८०, मंगलवार

आठ जना मृत अवस्थामा फेला विभिन्न स्थानमा

deth body modified

देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा, झापा, सर्लाही, कपिलवस्तु, धनुषा, खोटाङ, रुपन्देही र कैलालीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–१ करङपाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कमल गाउँपालिका–७ भट्टाराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका–७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको कबिलासी नगरपालिका–९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिका–१० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका–३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका–७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित शंखु जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कैलालीको महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।