१६ चैत्र २०८०, शुक्रबार

ओरालो लाग्याे पारिवारिक सत्ता श्रीलङ्कामा, नेताहरू नजाउन्जेल प्रदर्शनकारीहरूले दरबार कब्जा गर्ने

125851434 gettyimages 1241816777

आर्थिक सङ्कटमा रुमलिएको श्रीलङ्कामा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने गरी प्रदर्शन चर्केको छ । शनिबार करिब एक लाखको सङ्ख्यामा रहेका प्रदर्शनकारीहरुले राष्ट्रपति भवनमा कब्जा गरे भने प्रधानमन्त्रीका निजी घरलाई आगो लगाएर आफ्नो आक्रोश पोखेका छन् ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्रमा राखिएका अवरोधहरु भत्काएर र सुरक्षाकर्मीहरुको छेकबार तोडेर राष्ट्रपति भवन कब्जा गरेका थिए ।

राष्ट्रपति गोताबाया राजापाक्षेले जुलाई १३ तारिखमा पदबाट औपचारिक रुपमा राजीनामा दिन सहमत हुनुभएको छ । संसदका सभामुख महिन्दा यापा अभेवर्दनेले राष्ट्रपति राजापाक्षे राजीनामा दिन सहमत हुनुभएको टेलिभिजनमा जानकारी दिनुभएकाे छ । प्रधानमन्त्री रनिले विक्रमासिंघेले अर्काे सरकार बनेपछि मात्र पदबाट राजीनामा दिने बताउनुभएको छ ।

बीबीसीका अनुसार राजधानी कोलम्बोमा भएको अशान्तिपूर्ण गतिविधिका बेला दुबैजना भवनमा नभएका कारण कुनै अप्रिय घटना भएन।

124693419 sri lanka familytree 2x nc

‘‘जुलाई १३ तारिखमा राजीनामा दिने सहमत हुनु भनेको शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने निश्चित छ ।’’ सभामुख अभेवर्दनेले भन्नुभयो, ‘‘तसर्थ श्रीलङ्काको कानुनप्रति सम्मान गर्न र शान्ति स्थापना गर्न सबै नागरिकहरुमा विशेष रुपमा अनुरोध गर्दछु ।’’

यस्तो भनाइ सार्वजनिक भएपछि राजधानी कोलेम्बोमा खुसीयालीको पटका पड्काइएका थिए ।

अल जजिरालाई एक प्रदर्शनकारीले यस्तो प्रतिक्रिया दिनुभएको छ, ‘‘सन् १९४८ को स्वतन्त्र दिवसको कुनै मतलब छैन, यो देशमा जन्मेपछि मेरो लागि आजको दिन (जुलाई ९) स्वतन्त्रता दिवस हो, किनभने आज हाम्रो देशलाई शून्यमा अवतरण गराएका लोभीपापी निरङ्कुश तानाशाही राजनीतिज्ञको हातबाट हामीले छुट्कारा पाएका छौँ ।

सामाजिक सञ्जालमा राष्ट्रपति भवनमा प्रवेश गरेर नाराबाजीसहित प्रदर्शनकारी कोठाहरुमा, बरन्डा, फूलबारीमा पुगेका थिए, साथै पोखरीमा नुहाएर खुसीयाली मनाएका तस्विरहरु पोष्ट भएका छन् ।

220709054402 13 sri lanka protests 070922 restricted exlarge 169

रोयर्टस् समाचार संस्थाका अनुसार प्रधानमन्त्री विक्रमासिंघेले अर्काे सरकार नबनेसम्म राजीनामा नदिने भएका छन् । ‘‘देशमा अहिले खाद्य सङ्कट, इन्धन सङ्कट छ, यहाँ चाँडै विश्व खाद्य कार्यक्रमका प्रमुख आउँदै हुनुहुन्छ, र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीसँग धेरै विषयमा कुराकानी गर्नुछ ।’’

उहाँले भन्नुभयो, ‘‘त्यसैले, यदि यो सरकारले सत्ता छोड्छ भने अर्काे सरकार गठन हुन जरूरी छ ।’’ राजापाक्षे कहाँ हुनुहुन्छ भन्ने कुरा गोप्य राख्नुहुँदै उहाँले राजापाक्षेसँग सर्वदलीय सरकार बनाउनको लागि सुझाव दिएको बताउनुभयो ।

एम्नेष्टी इन्टरनेसनलका अनुसन्धानकर्ता थ्यागी रुवापाथिराणाका अनुसार यत्तिकै श्रीलङ्का सङ्कटबाट माथि उठ्न सक्दैन, धेरै समयपछि मात्र आर्थिक सङ्कट समाधान हुनेछ । जनसरोकारका विषयले जनता आक्रान्त छन्, धेरैपटक जनताले ‘पर्ख र हेर’को सिद्धान्तमा रहेर जनजीवन अस्तव्यस्त र अस्थिर बनाएका छन् ।

‘‘हामीसँग इन्धन नभएको धेरै दिन भइसक्यो, कल्पना गर्नुहोस् कि कस्तो हुन्छ इन्धनविना बाँच्न, कर्मचारी र मजदुरहरु काममा जान र विद्यार्थीहरु विद्यालयमा जान पाएका छैनन्, सम्पूर्ण अर्थ व्यवस्था अस्तव्यस्त र तहसनहस भएकाे छ ।’’ अनुसन्धानकर्ता थ्यागी रुवापाथिराणाले प्रतिक्रिया दिनुभयो ।

प्रदर्शनका क्रममा दुईजना प्रहरी अधिकारीसहित ३९ जना प्रदर्शनका क्रममा घाइते भएपछि अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले उल्लेख गरेको छ । यता, सीएनएनका अनुसार करिब ५५ जना प्रदर्शनकारीहरु घाइते भएका छन् । तीनजना प्रदर्शनकारीलाई गोली लागेको छ ।

125851835 tv077286762

प्रदर्शनको लागि हजारौं प्रदर्शनकारीहरु देशका विभिन्न स्थानबाट रेलमार्फत राजधानीमा पुगेका थिए । दुई करोड २० लाख बराबरको जनसंख्या भएको श्रीलङ्कामा यस्तो दयनीय अवस्थाका लागि राष्ट्रपति राजापाक्षे जिम्मेवार रहेको धेरैको मत छ । यस्तो अनिकालको भागिदार राजापाक्षे भएकाे बताउँदै उहाँकाे राजीनामाको माग राखेर करिब चार महिनादेखि प्रदर्शनकारीहरु सडकमा उर्लिएका थिए ।

अस्तव्यस्त श्रीलङ्का

करिब ७० वर्षयता विभिन्न देशबाट लिएका ऋण र विदेशी सटही कमजोर बनेपछि श्रीलङ्का धराशायी बनेको हो । फलस्वरुपः श्रीलङ्काले सीमित मात्रामा मात्रै इन्धन, खाद्यान्न, औषधिको आयात गर्न सकेको छ ।

तमिल अल्पसंख्यकले छुट्टै राज्य माग राखेर गरेको सशस्त्र द्वन्द्वलाई सन् २००९ मा समाप्त पारेपछि राष्ट्रपति महिन्दा राजापाक्षे बहुसङ्ख्यक सिंहाली जनसङ्ख्या भएको श्रीलङ्कामा महानायक सावित भए । त्यसपछि लगातार करिब २० वर्षको राजनीतिक पारिवारिक सत्तालिप्सालाई महिनौं दिनदेखिको प्रदर्शनले चकनाचुर पारिदिएको छ ।

srial kka

गत महिना राजापाक्षेको एक जना भाइले प्रधानमन्त्रीको पद, दुईजना भाइहरुले मन्त्री पदबाट र एकजना भान्जाले मन्त्री पदबाट राजीनामा दिएर राजापाक्षेकाे शासनलाई केही सहज पारेका थिए ।

मे महिनामा विक्रमासिंघे प्रधानमन्त्रीको रुपमा पदमा आसिन भए पनि उहाँले पनि आर्थिक संकट टार्न केही पहल गर्न नसकेको आरोपमा राजापाक्षेसहित उहाँको राजीनामा पनि मागिएको छ ।

अल जजिराका अनुसार एक जना प्रदर्शनकारीले एक हातमा राष्ट्रिय झण्डा र अर्काेमा प्लेकार्ड बोक्नुभएको थियो । सो प्लेकार्डमा सिंहाली भाषामा लेखिएको थियो, ‘पीसु गोटा पीसु रनिल’ अर्थात् पटमुर्ख गोटा, पटमुर्ख रनिल ।’ यस्तै, ‘सत्ता जनताको हातमा, घर जाउँ गोटा’ लगायतका ब्यानर पनि प्रर्दशनमा देखिएका थिए ।

राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग हुने वार्तालाई प्रभावित पार्न सक्छ । सो कोषबाट तीन अर्ब अमेरिकी डलर ऋण, विदेशी मुद्राको खडेरी अन्त्य गर्न दुई पक्षीय र बहुपक्षीय स्रोतको पहिचान र वैदेशिक कर्जा चुकाउने विषयमा वार्ता हुने तय थियो । अर्थशास्त्री चायु डाम्सिंघेका अनुसार श्रीलंकाको सत्तापलटपछि परिवतर्न हुनेछ र जनताले नयाँ नीतिलाई अनुसरण गर्दै नयाँ युगमा प्रवेश गर्नेछन् ।

sw

(सीएनएन, बिबीसी, अलजजिरा, सिंह्वा, राेयटर्सलगायतका सहयाेगमा)