१३ बैशाख २०८१, बिहीबार

विशेषज्ञ भन्छन्: हैजाको संक्रमण महामारीको खतरा टरेको छैन

haija

यो सिजनको वर्षा र गर्मीयाम शुरु भएयता काठमाडौं उपत्यकामा २७ जनामा हैजाको संक्रमण देखिएको छ । हैजा संक्रमण देखिनेक्रम बढ्दै जाँदा यसले महामारीको रुप लिने हो कि भन्ने चिन्ता पनि बढेको छ । शुद्ध पानी पिउन सके हैजाबाट जोखिन पनि सकिन्छ ।

स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पहिलो पटक बागबजारका एक व्यक्तिमा हैजा संक्रमण देखिएसँगै त्यहाँ प्रयोग भैरहेको पानी परीक्षण गर्दा दिशामा पाइने इकोली र कोलीफर्म जीवाणु भेटिएको थियो ।

अहिले उपत्यकामा २७ जनामा हैजाको संक्रमण देखिइसकेको छ । हैजाको प्रमुख कारक अशुद्ध पानी नै भएको पाइएको छ ।

अहिलेसम्म काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा स्थानीय तहमा हैजाको संक्रमण देखिएको छ । ढल र खानेपानीको मुहानसँगै हुँदा र लामो समयसम्म सडकमा फोहर थुप्रिरहँदा यही कारणले हैजाका भाइरस पानीमा मिसिएको अनुमान गरिएको छ ।

त्यसैले पानी पिउने बेलामा विशेष ध्यान दिन संक्रामक रोग विज्ञको सुझाव छ ।