१४ बैशाख २०८१, शुक्रबार

अवैध रूपमा ल्याइएका माछा र कुखुरा नष्ट

boiler jhukhuraa 20210731113235

कञ्चनपुरमा भारतबाट अवैध रूपमा ल्याइएको माछा र कुखुरा शसस्त्र प्रहरीले नष्ट गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका १० बिकास बस्ती स्थित बि.ओ.पि दोदाले शुक्रबार राति करिब २५ हजार बरारको ६५ केजी कुखुरा र २० केजी माछा नियन्त्रणमा लिएको शसस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर ठकुल्लाले जानकारी दिए ।

शसस्त्र प्रहरी वरिष्ठ हवल्दार भुपेन्द्र सिह खत्रीको कमाण्ड्मा खटिएको टोलीले बोईलर कुखुरा र माछा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको अवैध कुखुरा र माछालाई वार्ड प्रतिनिधि, स्थानीय र पत्रकारको रोहवरमा नष्ट गरिएको बि.ओ.पि. दोदाले जनाएको छ।