१४ बैशाख २०८१, शुक्रबार

मनोनयन दर्ता गरेकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिए कञ्चनपुरमा

Kanchanpur District 1

कञ्चनपुरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्धारित समयभित्र प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

क्षेत्र नम्बर १ मा प्रदेशसभातर्फ १ (१) मा उम्मेदवारी दिएका स्थिरप्रसाद घिमिरेले फिर्ता लिएका छन् । उक्त क्षेत्रमा प्रतिनिधिसभामा १० र प्रदेशसभाको दुवै क्षेत्रमा ८/८ जना उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा प्रदेशतर्फ २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश १ (१) बाट जीतबहादुर करियाकंग्रहवा र २ (२) बाट जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र नम्बर २ मा अब प्रतिनिधिसभामा १० र प्रदेशसभातर्फ दुवै क्षेत्रमा ९/९ गरि १८ जनाको उम्मेदवारी रहेको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ३ गरी ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा सुनिलकुमार साउदले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा ३ (१) बाट कर्ण्बहादुर चन्द, पदमबहादुर लुहार र रामबहादुर जप्रेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर ३ मा अब प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ ३ (१) मा ११ तथा ३ (२ ) मा ५ जनाको उम्मेदवार रहेका छन् ।