७ बैशाख २०८१, शुक्रबार

दार्चुला घटनाको तत्काल छानविन गर्न पाँच विद्यार्थी संगठनको माग

5student

विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका–२ का जय सिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् ।

संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकुलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको छ । विद्यार्थीहरूका जायज मागहरु सम्बोधन गरी परीक्षा सूचारु गर्न माग संगठनले माग गरेको छ ।

यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरूबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्चाइरहेका छन् । पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ । उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच बिद्यार्थी संगठनले माग गरेका छन् ।