१५ बैशाख २०८१, शनिबार

याे वर्ष सरदर भन्दा ३२.३ प्रतिशत बढी बर्षा

mausam rain

यस वर्ष मनसुन शूरू भएकाे दुई महिना नवित्दै सरदरमा हुने बर्षा भन्दा ३२.३ प्रतिशत बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले देशभरका २० वटा मुख्यमुख्य स्टेशनबाट संकलन गरेको तथ्याङक अनुसार मनसुन अवधिभर एक हजार ४०२.९ मिलिमिटर बर्षा हुनु पर्नेमा आज (सोमबार)सम्म ८७६.६ बर्षा भई सकेको हो ।

जुन १ देखि जुलाई २६ सम्मको तथ्याङक अनुसार यो वर्ष दुई महिना मनसुन अवधि बाँकी छदै ३२.३ प्रतिशत धेरै बर्षा भई सकेको विभागको जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । समग्रमा नेपालभर मनसुन अवधिभरको ६२.५ प्रतिशत बर्षा भई सकेको कँडेलले जानकारी दिनुभयो ।

काठमाडौंमा ४३.९ प्रतिशत बढी बर्षा

काठमाडौं उपत्यकामा पनि यसवर्ष अन्य वर्ष भन्दा धेरै बर्षा भएको छ । जलवायू विश्लेषण शाखाका अनुसार काठमाडौं उपत्यकामा सरदर ५७०.३ मिलिमिटर बर्षा हुनु पर्ने भए पनि आजसम्म ८२०.५ बर्षा भई सकेको छ । यो ४३.९ प्रतिशत हो ।

अझै दुई महिना मनसुनी अवधि बाँकी हुदाँ उपत्यकामा जम्मा ६९.७७ प्रतिशत बर्षा भई सकेको शाखाले जनाएको छ । नेपालमा जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

मौसम पुर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार सोमबार देखि देशैभर मनसुनी प्रणाली सकृय भएको जनाएको छ । नेपालमा जेठ १५ देखि साउन १५ गते सम्मको समयलाई मनसुन अवधि मान्ने गरिन्छ ।