१६ चैत्र २०८०, शुक्रबार

सक्कल कागजात सहित जसपा उपेन्द्र यादव पक्ष सोमबार निर्वाचन आयोगमा उपस्थीत हुने

upendra yadav nirwachan 734x375 1
फाइल फोटो

जसपा उपेन्द्र यादव पक्षले आफुसंग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थीत हुने निर्णय गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको सो पक्षको कार्यकारिणी बैठकले सवै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजात सहित आयोगमा पुग्न निर्देशन पनि दिएको छ ।

शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफुहरुसंग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका बिषयमा पनि बैठकमा छलफल भएको थियो ।

त्यस्तै बैठकमा संसदीय दलबाट पाारित संसदीय दलको बिधान प्रस्तुत भएको उहाले बताउनुभयो । बिधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको यादवले जानकारी दिनुभयो । कार्यकारिणी बैठकबाट बिधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने यादवले बताउनुभयो ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।