१३ बैशाख २०८१, बिहीबार

एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा

Youth force valley command

नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) घोषणा भएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।