Close Me
१३ चैत्र २०८१, बिहीबार

एमालेलाई मीनबहादुरले गरेको जग्गा दानविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

1729675034 uml jaga dan 1200x560 1

व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दान दिएको जग्गाविरुद्ध परेको रिट खारेज भएको छ । गत शुक्रबार (मंसिर २८ गते) सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा सो मुद्दा सुनुवाइ भएको थियो ।

सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज सो रिट खारेज भएसँगै एमालेलाई मिनबहादुरले दान दिएको जग्गामा पार्टी केन्द्रीय कार्यालय बनाउने बाटो खुलेको छ ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

गत असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्। भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको रिट निवेदकको दाबी थियो ।