६ बैशाख २०८१, बिहीबार

विरोधीमाथि धावा बोल्न युथफोर्सलाई एमाले महासचिव पोखरेलको निर्देशन

CKK KTM Yuthforcha scaled e1627135719902

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विरोधीमाथि धावा बोल्न पार्टीका युवालाई निर्देशन दिनुभएको छ ।

युथफोर्सको भ्याली कमाण्ड घोषणा सभामा महासचिव पोखरेलले विगतमा युथफोर्सले आतंक नियन्त्रण गरेको उदाहरण पनि दिनुभयो ।

उहाँले हिजोका सरकारले गरेका राम्रा काम ध्वस्त बनाउन खोजेमा तथा छिमेकीसँग सम्बन्ध बिगार्न खोजे विरोधीमाथि धावा बोल्न युथफोर्सलाई निर्देशन दिनुभयो ।

महासचिव पोखरेलले युथफोर्स आतंकको स्रोत नभएको तर कसैले आतंक सिर्जना गरे त्यसलाई ठिक पार्ने दाबी पनि गर्नुभयो ।

कार्यक्रममा नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनुयो ।

राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने नसोच्न पनि उहाँले सत्तारुढ गठबन्धनलाई चेतावनी दिनुभयो ।