२२ बैशाख २०८१, शनिबार

नेपाल प्रहरीको सहायक निरीक्षक पदकाे स्वास्थ्य परीक्षणको नतिजा प्रकाशित – सूचना

1586359116Police1

नेपाल प्रहरीको सहायक निरीक्षक (जनपद) पदको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशित भएको छ ।

नेपाल प्रहरीको रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्न प्रहरी प्रधान कायािलयबाट २०७६ सालमा माग १० गते प्रकाशित विज्ञापनअनुसार लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको नतिजा प्रकाशित भएको हो ।

गत साउन ३ देखि ५ गतेसम्म नेपाल प्रहरी अस्पताल, महाराजगंजमा संचालित स्वास्थ्य परीक्षणमा सहभागी भएका उम्मेदवारहरुको नतिजा आएको छ ।

स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका सबै उम्मेदवारहरुलाई पाँचौं चरण अन्तर्गतको सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षा साउन १३ गतेदेखि प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा संचालन हुने जानकारी गराइएको छ ।

परीक्षामा सहभागि हुने उम्मेदवारहरुले आफूले प्राप्त गरेको सबै शैक्षिक योग्यताको सक्कल प्रमाण पत्रसहित तोकिएको स्थानमा उपस्थित हुन सूचनामा उल्लेख छ ।

https://drive.google.com/file/d/1mezTJbV2i8Et0Uhs2m43eelp24M-_kgi/view