१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले शपथ लिए (फोटोसहित)

12 1

राष्ट्रियसभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनियताको सपथ लिएका छन्।

सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बुधबार बिहान नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वा्चित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन्।

राष्ट्रियसभाका लागि १८ जना नयाँ सांसदले सपथ लिएका छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ। 

दुई वर्षे कार्यकाल पूरा गरेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी समाजवादी पार्टी, राजपाका गरी १९ जना सांसद घर फर्किएका छन्।

23
17
4
19

शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल छन् । नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वाचित भएका थिए ।