११ बैशाख २०८१, मंगलवार

नारायणकाजीको राष्ट्रियसभामा पहिलो सम्बोधन : राजनीति सफा गर्ने आन्दोलनमा छु

Narayankaji

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारबाट राष्ट्रियसभामा प्रवेश पाएका छन्। गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठले बुधबार नै शपथ लिएका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफू राजनीति सफा गर्ने आन्दोलनमा रहेको बताएका छन्। बुधबार सपथपछि राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले आफूहरु देशलाई फेर्नका निम्ति जिम्मेवारी पाएको भन्दै देशको समृद्धिमा लाग्न सबैलाई अपिल गरे। जनताले आफूहरुलाई यो देश फेर्नका निम्ति जिम्मेवारी दिएको सत्ताको पछि लागेर सुविधा र साधन स्रोतको पछि नलाग्न उनको आग्रह थियो।

हामी सत्ताको पछाडि लाग्नेरु सुविधाको पछि लाग्ने वा साधन स्रोतको पछाडि लाग्नेरु, उनले प्रश्न गरे, सत्ताको पछि लागेर सुविधातिर उन्मुख भयौं भने यो राजनीतिक प्रणालीले जे लक्ष्य लिन खोजेको छ त्यो लक्ष्य पूरा हुन सक्दैन।

त्यसैले आफू राजनीति सफा गर्ने आन्दोलनमा रहेको उनले बताए। ुम राजनीतिक सफा गर्ने आन्दोलनमा छु। आफूलाई लोकन्त्रको मूल्य मान्यता र आचरणबाट युक्त भई भ्रस्टाचारको प्रवृत्तिबाट मुक्त रहेर अगाडि बढ्न अपिल गर्न चाहन्छु, उनले भने।

उनले सत्ताको चरित्र निरंकुश रहने हुँदा त्यसबाट सजग हुन सबै जनप्रतिनिधिलाई आग्रह गरे। ुजनताले सत्ता निर्माण गर्छ। त्यो सत्ताको जिम्मेवारी त्यसलाई रक्षा गर्ने हुन्छ। तर सत्ताको चरित्र थोरै निरंकुश हुन्छ। सत्तामा भएका हामीहरु त्यसबाट सजग हुनुपर्छ, आफूलाई बचाउनुपर्छ। हामीमा त्यसको खालको विचार आउन दिनु हुँदैन, श्रेष्ठले भने।

उनले पहिलेजस्तो यो देशमा संक्रमणकाल नरहेको भन्दै यो देशलाई समृद्ध देश बनाउन सबै लागिपर्ने बताए। ुसरकारले स्थायित्व पाएको छ। पहिलेजस्तो लोकतन्त्र, संक्रमणकाल र संविधान छैन भन्ने अवस्था अहिले छैन। न हामीसँग जनाधार छैन भन्न पाइन्छ। किनकि हामीसँग यी सबै कुरा छन्, उनले भने।

त्यसैले सामाजिक न्यायसहितको समृद्ध देश बनाउन र नेपालको संविधानले दिएको अधिकारलाई सुनिश्चित गरेर समाजवादको आधार तयार गर्न सबैलाई आग्रह गरे। उनले त्यो आधार तयार पार्न जनताले आफ्नो पार्टीलाई जिम्मेवारी दिएको भन्दै नेपाली जनताको आकांक्षा पूरा गर्न पार्टी लाग्नैपर्ने बताए।

तर सरकारमात्रैले ती कुरा सम्भव नभएको उनले बताए। त्यसका लागि प्रतिपक्ष, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु मिलेमात्र राष्ट्रको गन्तव्य तय गर्न सकिने उनले बताए। श्रेष्ठले नेपाली भूभागलाई पनि फिर्ता गराउन सरकारको प्रमुख दायित्व रहेको बताए।

लिम्पियाधुरालगायतको सबै भाग फिर्ताका लागि सबै शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए। लोकतन्त्रको अभ्यासमा एकता कायम गर्न आवश्यक रहेको दाबी गर्दै उनले भने,‘ठूलो संघर्ष गरेर लोकतन्त्र स्थापित भएको छ। हाम्रो आफ्नै मोडलको लोकतन्त्र हो। सामाजिक आर्थिक रुपान्तरण र विकासका लागि सहमति र सहकार्य गरेर जानुपर्छ। आर्थिक विकास भएन भने दुर्भाग्य हुनेछ। यसले लोकतन्त्रमाथि प्रश्न उठाउन सक्छ।’ उनले भने।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको शुभकामनासमेत दिए।