१५ चैत्र २०८०, बिहीबार

चूजि फाउण्डेशनको सहयोगमा रामेछापका ४२ सय घर परिवारलाई राहत सामाग्री वितरण

220396956 183829243789359 4234010614327006284 n

ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ । आर्थिक रुपले बिपन्न तथा बाढिपहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो ।

असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिव २५ दिनसम्म चलेको थियो । जसमा दुई सय स्वयंसेवक परिचालन गरिएको राहत बितरण कार्यक्रम संयोजक एवं कांग्रेस रामेछाप जिल्लाका कार्यसमिति सदस्य सुन्दर खड्का र प्रदेश कमिटी सचिव निरोज खड्काले जानकारी दिए । राहत बितरणका लागि कार्यसमिति सदस्य खड्काले ५ वटा टिप्पर निशुल्क प्रयोगका लागि प्रदान गरेका थिए ।

प्रतिपरिवार २५ केजी चामल, १० केजी आटा, नुन तेल लगाएतका खाधान्न सामाग्री बितरण गरिएको राहत कार्यक्रम संयोजक खड्काले बताए । कोरोना महामारीले आर्थिक गतिविधि बन्द भएको र त्यसका कारण रोजगारीमा परेको असरको बीचमा सर्वसाधारणलाई राहत दिन सामाग्री बितरण गरिएको हो । यसअघि पनि फाउण्डेशनले सामाजिक क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै फाउन्डेसनका सदस्य सुन्दर खडकाले जानकारी दिए ।

सन १९६६ मा स्थापित उक्त संस्थाले सामाजिक,शैक्षिक,स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्र्दै आएको छ भने विश्वभर ५०२ वटा कार्यालय रहेका छन् ।

216248651 219709526693990 8817782869942096429 n