१५ चैत्र २०८०, बिहीबार

काठमाडौँ आउँदै गरे बस दुर्घटना: नौ जनाको निधन, २३ घाइते

accident

रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको निधन भएको छ ।

निधन हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ । उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिनुभयो ।

आज बिहान १०:३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेको छ ।

उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।