१५ बैशाख २०८१, शनिबार

डिजिटल भोटिङबाट कांग्रेस महाधिवेशनमा मतदान हुने

bishoprakash sharma congress

कोभिड महामारीका कारण भौतिक रूपमा उपस्थित हुन नसकेमा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरी तयारी थालिएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले यसको तयारी पूरा भएको जनाएको छ ।

विभागको उपसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिले आवश्यक ठहर गर्दा सूचना, सञ्चार तथा प्रचार विभाग तयारी स्थितिमा रहेको स्पष्ट पारेको छ ।

‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ । ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘डिजिटल भोटिङ’ को नमुना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत बैठकले तय गरेको र जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको उल्लेख छ ।