१४ बैशाख २०८१, शुक्रबार

बहुरंगी चनावी तालमेल झापामा, सत्ता र प्रतिपक्ष एउटै कित्तामा

oli lingden

झापा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिगंदेनको गृह जिल्ला हो । यसैगरी कााग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तथा नेता कृष्णप्रसाद सिटौलाको जिल्ला समेत हो – झापा । झापामा स्थानीय तह निर्वाचनका लागि बहुरंगी तालमेल देखिएको छ । कही गणतन्त्रबादी र राजतन्त्रवादी चुनावी तालमेलमा छन् त कतै सत्ता र प्रतिपक्ष एउटै कित्तामा उभिएका छन् ।

दमक नगरपालिकामा १० वटा वडा छन् । गत स्थानीय निर्वाचनमा २ वडाध्यक्ष राप्रपा बाहेक, प्रमुख र उपप्रमुखसहित अन्य वडामा एमाले विजय भएको थियो । उपप्रमुख गीता अधिकारी एमालेबाट अहिले प्रमुख पदमा उम्मेद्धार छिन् ।

एमालेको बर्चश्व तोड्न राप्रपालाई प्रमुख पद दिन, कााग्रेस र माओवादी तयार भएका छन् । राप्रपा प्रमुख र २ वडाध्यक्ष, काँग्रेस उपप्रमुख र ४ वडाध्यक्ष, माओवादी ४ वडाध्यक्ष पद लिन सहमति बनेको छ । स्थानीय आवश्यक्ताको आधारमा तालमेल गरिएको स्थानीय नेताको भनाई छ ।

मुललकै सवैभन्दा होचो भूभाग रहेको कचनकवल गाउापालिकामा गत निर्वाचनमा राप्रपाले बहुमत प्राप्त गरेको थियो । यहाा राप्रपाविरुद्ध सत्तापक्ष कााग्रेस र विपक्षी एमालेले आन्तरिक चुनावी तालमेल गरेका छन् । कााग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको छ । एमालेले अध्यक्ष पदबाट मनोनयन फिर्ता गरेको छ भने कााग्रेसले उपाध्यक्ष पदको मनोनयन फिर्ता गरेको छ ।

चुनाव मतदाताले रुचाएको व्यक्ति स्वतन्त्र रुपमा छान्ने अवसर हो । तर केन्द्र तथा स्थानीय राजनीतिक नेतृत्वले धेरै स्थानमा स्वतन्त्र मतदानको अवसर नदिएको मतदाताको आरोप छ ।