१५ चैत्र २०८०, बिहीबार

पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा

saritagiri
फाइल फोटो

जनता समाजावादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लहानको मेयरमा चुनाव लड्ने घोषणा गरेकी हुन् । लहानका वर्तमान मेयर मुनी साहबाट जनता पीडित रहेको भन्दै उनको अधिनायकवादलाई जनताले परास्त गर्ने उल्लेख गरेकी छन् ।

उनले अब ५ वर्ष स्थानीय स्तरमा जनताको सेवा गर्ने उल्लेख गर्दै आजको दिनदेखि सहयोग र सम्पर्कका लागि सबैमा अपिल गरेकी छन् । स्थानीय स्तरमा लोकतन्त्र र पारदर्शिता नभइ सबैको विकास हुन नसक्ने उनको भनाइ छ ।

नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएको आरोप लगाउँदै जसपाले गिरीलाई साँसद र पार्टीबाट समेत हटाएको थियो । उनी मेयरमा लड्ने घोषणा गरेपनि स्वतन्त्र कि अन्य कुनै पार्टीबाट भन्ने विषयमा केही उल्लेख गरेकी छैनन् ।