८ बैशाख २०८१, शनिबार

सरिता गिरीको ठाउँमा आज समाजवादी पार्टीकी लिलादेवी सिटौलाले सपथ लिँदै

sarita

जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयको कृषि समितिको हलमा आज दिउँसो एक बजे शपथग्रहण कार्यक्रम राखिएको छ।  सभामुख सापकोटाले सिटौलालाई पद तथा गोपनियताको शपथ दिलाउनेछन्। समाजवादीकी समानुपातिक तर्फकी सांसद सरिता गिरी कारबाहीमा परेपछि सिटौला निर्वाचित भएकी थिइन्। 

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै गिरीलाई समाजवादी पार्टीले कारबाही गरेको थियो। उनले नेपालले भारतसँग नसोधेर नक्शा जारी गरेको भन्दै संसद् बैठकमै आपत्ति जनाएकी थिइन्। त्यसपछि उनको जनस्तरबाटै चर्को आलोचना भएको थियो।