७ बैशाख २०८१, शुक्रबार

कांग्रेसको ६३ वर्ष राजनीति त्यागेर राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरे पशुपति

rastriya nagarik party 3 69

 ‘अबको विकल्प राष्ट्रिय नागरिक पार्टी नै हो’

नेपाली कांग्रेसका नेता ठानिश्वर रिजाल ‘पशुपति’ राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् । उनलाई आजै पार्टीले गण्डकी प्रदेशको पार्टी प्रमुखमा नियुक्त गरेको छ ।

सोमबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमबाट पशुपतिलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको हो ।

६३ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका पशुपतिले कांग्रेस त्याग्दै राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेपछि राजनीतिज्ञहरुको ध्यान केन्द्रित भएको छ ।

प्रदेश प्रमुखको जिम्मेवारी लिँदै पशुपतिले अबको विकल्प राष्ट्रिय नागरिक पार्टीमात्र भएको बताए । उनले नेपलमा ठूला भनिएका पार्टी कम्युनिष्ट र कांग्रेसले देशमा केही गर्न नसकेकाले अब विकल्पको रुपमा राष्ट्रिय नागरिक पार्टी खडा भएको बताए ।

झुठा आश्वासन दिएर कांग्रेस र कम्युनिष्टले जनलाई भ्रममा राखी आजसम्म चुनाव जितेको बताउँदै पशुपतिले अब जनता सचेत हुनपर्ने बेला आएको बताए । उनले पार्टी पंक्तिलाई आग्रह गर्दै भने, ‘पार्टी घुस्या हुनुहुन्न, झुठ हुनुहुन्न, गर्न नसक्ने काम गर्छु नभनौं, हामी अवश्य ठूलो पार्टी हुन्छौं ।’

पार्टीका केन्द्रीय अध्यक्ष शुक्रबहादुर गुरुङले राष्ट्रिय नागरिक पार्टी महान उद्देश्यसहित अघि बढीरहेको बताए । उनले आज पार्टीमा प्रवेश गरेकाहरुलाई आग्रह गर्दै उक्त उद्देश्य हाँसिल गर्न जनताको मन जित्ने गरी सक्रियरुपमा लाग्न आग्रह गरे ।

rastriya nagarik party 11

देशमा शिक्षा निःशुल्क बनाएर गरीब दुखीले पनि डक्टर र इन्जिनियर पढ्न पाउने अवसर प्रदान गर्ने आफ्नो पार्टीको प्रमुख उद्देश्य रहेको उनले बताए । यस्तै सबै नागरिकलाई निुःशल्क स्वास्थ्य उपचार गर्नुपर्छ भनेर नागरिक पार्टी सँधै लडिरहने उनले बताए । यस्तै बेरोजगारीको समस्या समाधान गर्न एक घर एक रोजगारको अभियान ल्याउन आवश्यक रहेको र त्यो राष्ट्रिय नागरिक पार्टीको प्राथमिकतामा रहेको उद्देश्यमा रहेको उनले बताए । यस्ता अनेकन उद्देश्य बोकेर देश परिवर्तनको अठोट लिएर नागरिक पार्टी हिँडेको उनको भनाइ छ ।

उनले अहिले नागरिक पार्टी संगठन विस्तारकै अभियान रहेको बताउँदै ५/६ महिनाभित्र ५० भन्दा बढी जिल्ला कमिटी गठन गरिने बताए । उनले देशमा सकरात्मक परिवर्तन चाहनेहरुलाई राष्ट्रिय नागरिक पार्टीमा आउन आह्वान गरेका छन् ।

कार्यक्रममा चितवनका १० जनाभन्दा बढी व्यक्तिहरु पार्टीमा प्रवेश गरेका थिए । कोरोनाको जोखिम कायमै रहेका कारण हाललाई सक्रिय व्यक्तिहरुलाई प्रवेश गराइएको बताउँदै अध्यक्ष गुरुङ्गले अरु मानिसहरुलाई कार्यालयमा एकएक जना बोलाएर प्रवेश गराइने बताए ।

पार्टीका केन्द्रीय सह सचिव आनन्द कार्कीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवराज घले, सहमहामन्त्री सागर कार्की, केन्द्रीय सदस्यहरु सावित्री थापा, मेखबहादुर सुनार, लकबहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

rastriya nagarik party 4 69