१६ चैत्र २०८०, शुक्रबार

बाख्रा चराउन गएका दुई बालिका माडीमा बगेर बेपत्ता

balika madi

प्युठान, माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।

नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निबासी बोमबहादुर थापा मगरकी छोरी आठ बर्षीया विपना थापा मगर र मान्द्रे निवासी नुमबहादुर थापा मर्साङी मगरको छोरी सात बर्षीया सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन।