८ बैशाख २०८१, शनिबार

तीन दिनदेखि हराएका बृद्ध मृत फेला

death body 696x392 1

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहामा तीन दिन अघिदेखि हराएका बृद्ध मृत अवस्थामा फेला परेका छन् ।

ख्याहा बस्ने ७० वर्षीय शालिकराम विक सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विक गत साउन १ गतेदेखि हराइरहेका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।