१७ बैशाख २०८१, सोमबार

पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा प्यूठानमा तीन जनाको घटनास्थलमै निधन

Capture 2

पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको छ भने १२ जना घाइते भएका छन् ।

लु १ ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा प्युठान नगरपालिका–५ बस्ने ५२ वर्षीया मैमा घर्ती, ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमन थापाको घटना स्थलमै निधन भएको थापामगरले जानकारी दिनुभयो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । ६ जनाको जिल्ला अस्पताल उपचार भई रहेको र बाँकी छ जनालाई बुटवल पठाइएको छ ।

गाडी चालक सम्पर्कमा आएका छैनन् । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्तिहरू दुर्घटनामा परेको स्थानीय लछुमन भण्डारीले बताउनुभयो ।