जिल्ला सदरमुकाम मल्लरानी गाउापालिकासहित नौ स्थानीय तह र एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा अहिले आधा दर्जनभन्दा बढी राजनीतिक दल सकृय छन् ।
कुल जनसंख्या २ लाख २६ हजार ७ सय ९६ रहेको जिल्लामा गत स्थानीय तह निर्वाचनमा १ लाख ५९ लाख ३ सय ४६ मतदाता सहभागी भएका थिए ।
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्युठानमा बाम गठबन्धन बिजयी भएको थियो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधिसभामा निर्वाचित भइन् । प्रदेशमा निर्वाचित भएका एमालेका हरि रिजाल लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी बिकास मन्त्री भए ।
माओबादीका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्रीमा बहाल छन् । अर्घाखााची, गुल्मी, रोल्पा, दाङ, बाग्लुङजस्ता जिल्लाको बीचमा छ प्यूठान ।
उच्च पहाडी क्षेत्रदेखि समथर फााटसम्म फैलिएको प्यूठानको आम्दानीको मुख्य श्रोत कृषि र पशुपालन नै हो । जडिबुटी र स्थानीय उद्यमशीलताले पनि आयआर्जनमा टेवा पुर्याएका छन् । यहााका ४८ हजार युवा बैदेशिक रोजगारीमा छन् ।
जिल्लाका सबै वडामा सडक पहुाच पुगे पनि बाह्रैमास यातायातका साधन सञ्चालन गर्ने खालका छैनन् । हवाइसेवाका लागि चाल्नेटार बिमानस्थल चर्चामा छ तर निर्माण प्रकृया नै सुरु भएको छैन ।
३५१ सामुदायिक र ४४ निजीसहित ३९५ वटा शैक्षिक संस्था रहेको प्युठानलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला अस्पतालसहित ६४ वटा स्वास्थ्य संस्था छन् । तर स्वास्थ्यमा सहज पहुाच छैन । ग्रामीण क्षेत्र बढी भएको प्यूठानमा जनशक्ति र उपकरण अभाव छ ।
उपचारकै लागि बिरामी अझै बुटवल, नेपालगञ्ज र काठमाडौं पुग्नुपर्छ । पालिकाहरुमा शिलान्यास गरिएका अस्पतालको निर्माण प्रकृया नै सुरु भएको छैन ।
जिल्लामा सडक तथा पूर्वाधार विकास निर्माणमा प्रगति निकै सुस्त छ । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा निर्माणाधीन ठूला-साना दर्जनौं सडक आयोजना प्रायः अधुरा नै छन् ।
प्यूठानलाई मध्यपहाडी लोकमार्गसाग जोड्ने बाग्दुला-भीमगिठे सडक बर्षऔंदेखि अलपत्र छ । स्थानीय तहहरुले पााच बर्षमा पााच किलोमिटर पनि सडक कालोपत्रे गरेका छैनन्। नौमुरे जलबिद्युत आयोजना ३९ बर्षदेखि चर्चामा छ । लुगिं्रमाडी सिाचाइ आयोजनामा १४ करोड खर्च भएपनि ३५ बर्षदेखि अलपत्र छ । यी आयोजनामा पनि कुनै प्रगति भएनन् ।
खानेपानीको पहुाच ६० प्रतिशतमा छ । कतिपय ठूला आयोजना अलपत्र छन् । पुर्व गृहमन्त्री बामदेव गौतमले चर्चामा ल्याएको चाल्नेटार बिमानस्थल र नौमुरे जलबिद्युत आयोजनाको प्रसंग चुनावताका मात्र सुनिने गर्छ ।
प्रदेश सरकारको गौरवको आयोजना भनिएको कृष्ण सेन इच्छुक मार्ग पनि अधुरै छ । ८५ प्रतिशतमा मात्र केन्द्रीय प्रसारणको विद्युत पुगेको छ । स्याउलीवाङ, रजवारा तथा अर्खा अझै केन्द्रीय प्रसारणको पहुाचबाहिर छन् ।