१४ बैशाख २०८१, शुक्रबार

नेपाल निवासमा प्रचण्ड र विप्लव एकसाथ

madhav biplab prachanda

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वस्थित उनकै निवास पुगेका छन् ।

हिजो विप्लवले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न भने प्रचण्ड र विप्लव सँगसँगै पुगेका हुन् । साथमा नेता धर्मेन्द्र वास्तोला पनि छन् ।

बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् । विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । 

सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ ।

prachanda madhab biplob and dharmendra

यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्तिप्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाइलगायतका माग पूरा नभएको सन्दर्भमा उनले प्रचण्डसँग सोही विषयमा छलफल गरेको बुझिएको छ ।

प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् ।