१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं उपत्यकाका प्रजिअहरुको बैठक १ बजे बस्दै, जारी निषेधाज्ञाको बारेमा निर्णय लिने

lockdown kathmandu 1 68
फाइल फोटो

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा निर्णय लिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो । अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा थप क्षेत्र पनि खुकुलो बनाउनेमा बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताउनुभयो ।

दिउँसो बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने उहाँले बताउनुभयो । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्थाबारे पनि समीक्षा हुनेछ । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।