१५ बैशाख २०८१, शनिबार

देउवा सरकार मन्त्रिपरिषद्को पहिलो निर्णयः चैतसम्म सबै नेपालीलाई खोप लगाउने, सरकारको प्रवक्तामा कार्की

padvar003

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठक सिंहदरबारमा बसेको छ । वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो ।

बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए ।

कार्कीका अनुसार आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो । यसैगरी कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय छ ।