२० बैशाख २०८१, बिहीबार

ओली गएनन् देउवाको सपथग्रहणमा

6 CdiOvN1dQB

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् ।

पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् । ओलीनिकट स्रोतका अनुसार अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका हुन् ।

संविधानको धारा ३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए ।

देउवाको सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित छैनन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् ।