१७ बैशाख २०८१, सोमबार

मलाई रत्तिभर पनि चिन्ता छैन् सरकारबाट बाहिरिनु परेकोमा

kp oli 1

निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको बताएका छन् ।

सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई रत्तिभर पनि चिनता छैन् । मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई ध्यानामा राखेर सम्पूर्ण इमानदारीताका साथ काम गरें । नयाँ नयाँ भीजन दिएर काम गरेको हुँ ।’

ओलीले आफ्नो नेतृत्वमा देशले चौतर्फी ढंगले विकास, परिवर्तन र रुपान्तरण अनुभुत गरेको पनि दाबी गरे । उनले भने,‘मेरो नेतृत्वको सरकारमा जनताले राहत महशुस गरे । आफ्नो कामप्रति म ढुक्क छु ।मलाई कुनै पनि चिन्ता छैन् ।’ उनले संविधानको अपव्याख्या गरी संविधानको संशोधन गरिएको पनि टिप्पणी गरे । उनले भने,‘आसन्न राजनीतिक विकृति र जोखिम प्रति मेरो चिन्ता हो।’

उनले आफ्नो नेतृत्वको सरकारले थालेको अग्रगमनको यात्रा कसैलेपनि विथोल्न नसक्ने दाबी गरे । उनले भने,‘अग्रगमनको यात्रा कसैले पनि विथोल्न सक्दैन् ।। सूर्यको प्रकाशलाई कसैले पनि छेक्न सक्दैन् । नेपाल र नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा म र मेरो पार्टी एकढिक्क भएर अघि बढ्छ । अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ ।’

सम्बोधनको क्रममा उनले अब बन्ने सरकार र संसद सही सलामत चल्नेमा आफूलाई पर्याप्त शंका र आशंका लागेको पनि टिप्पणी गरे । उनले आफूलाई जनादेश हुँदाहुँदैपनि अदालतको परमादेशबाट बाहिरिनुपरेको पनि स्पष्ट पारे । आफ्नो सरकारले ऐतिहासिक काम गरेको पनि उनको दाबी छ ।