१५ बैशाख २०८१, शनिबार

‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन’, देउवाले शपथ लिन मानेनन्

PM Deuba President Bhandari
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।​

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । देउवाले विज्ञप्ति सच्याउने निर्देशन दिएपछि यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि राष्ट्रपति कार्यालय पुगेका छैनन् । देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ । समाचार तयार पार्दासम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन ।

विज्ञप्तिबारे विवाद भएपछि साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।

patra 5s9CD0YdXh 66