१६ बैशाख २०८१, आईतवार

कतै विजयी जुलुश, कतै विरोध प्रदर्शन

biodha 750x356 1

सर्वोच्च अदालतको आदेशको स्वागतमा जनकपुरमा विजयी जुलशु गरिएको छ ।

संसद पुर्नस्थापना भएको खुशियालीमा संयुक्त लोकतान्त्रिक गठबन्धन जनकपुरले विजयी जुलुश गरेको हो । सर्वोच्च अदालतले फैसला सुनाएको केहि घण्टापछि सोमवार गठबन्धनमा सहभागी नेपाली काँग्रेस, जसपा, नेकपा एमाले माधव पक्ष र माओवादी केन्द्रका नेता कार्यकर्ताले प्रदर्शन गरे । रेल्वे स्टेशनबाट निकालिएको र्याली जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले ‘आजलाई होइन् भोलीलाई, देश निकाल ओलीलाई, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । जुलुसमा गठबन्धनका विद्यार्थी र यूवाहरु समेत सहभागी भएका थिए । उनीहरुले जनकचोकमा संसद पुर्नस्थापनाको खुशियालीमा मैनवत्ती प्रज्वलन गरे । संसद विघटन बदर गरेर सर्वोच्च अदालतले संघीयता र लोकतन्त्र बचाएको भन्दै उनीहरुले खुशियाली सटासाट गरे । कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवले सर्वोच्च अदालतको फैसला देश र जनताको हितमा रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले लोकतन्त्र र विभिन्न आन्दोलनबाट प्राप्त भएको संघीय व्यवस्था नै धराप पर्ने खतरा रहेकोले त्यसलाई बचाउन सर्वोच्चको फैसला स्वागत योग्य रहेको उनले बताए ।

मैनबत्ती प्रज्वलन पश्चात गठबन्धनले गरेको कोणसभामा बोल्दै जसपा धनुषाका अध्यक्ष पशुपति यादवले सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला गरेर विगतका आन्दोलनबाट प्राप्त उपलब्धी बचाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र र संघीयता लगायतका उपलब्धीलाई समाप्त पार्ने षड् यन्त्रलाई अदालतले असफल पारेको छ ।’ अध्यक्ष यादवले अगामी दिनमा कुनैपनि तानाशाही कदम चाल्न खोज्ने प्रतिगामी शक्तिलाई संघर्षमार्फत पराजित गर्ने पनि बताए । उनले संसद पुर्नस्थापनाको आन्दोलनमा सहभागी सबैमा धन्यवाद समेत ज्ञापन गरे । आदेशको विरोध टायर बालेर प्रदर्शन संसद पुर्नस्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध नेकपा एमालेका राष्ट्रिय युवा संघ जनकपुरले सोमबार पिडारी चोकमा टायर बालेको छ । जनकपुर स्थित मिल्स एरियामा संघका कार्यकर्ताहरुले सोमवार साँझ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला समेत फुकेका थिए ।

उनीहरु संसद पुर्नस्थापनाको फैसला असंवैधानिक रहेको भन्दै प्रधानन्यायाधीश राणाविरुद्ध नाराबाजी समेत गरे । अदालतको फैसला आउनुअघि यूवा संघले जनकपुरमा मोटरसाइकल र् याली निकालेका थिए । संसद पुर्नस्थापनाको फैसला आएलगत्तै उनीहरु पिडारी चोकमा टायर बालेर प्रदर्शन पनि गरेका थिए । एमालेका युवा नेता महेश बस्नेतको आव्हानमा युवा संघका कार्यकर्ता सडकमा उत्रेका हुन् ।