१ जेष्ठ २०८१, मंगलवार

बजेट बाँडफाँटमा कुरा नमिल्दा प्रदेश सभा बैठक अलपत्र

Province No. 2

प्रदेश सभा बैठक सुचना टााँस गरेर स्थगित गरिएको छ ।

बैठक स्थगित हुँदा बजेटमाथि छलफल अन्यौलमा परेको छ । बजेट बाँडफाँटमा सहमति नहुदा प्रदेश सभा बैठक सुचना निकालेर स्थगित भएको हो । गत बजेट छलफलको क्रममा आइतबार प्रदेश सरकारको बजेट पुस्तिका(रेड बुक)मा असहमति जनाउदै विपक्षीले प्रदेश सभा अबरुद्ध गरेपछि सोमबार भएको बैठकमा सहमति हुन नसक्दा प्रदेश सभा बैठक सुचना निकालेर स्थगित भएको हो । सरकार र विपक्षी दलका सचेतक बिच छलफल भएपनि सहमति हुन नसक्दा मुख्यमन्त्री सहितको बैठक बसेको माओवादी केन्द्रका सचेतक दिलिप साहले बताए । सोमबार दिउँसोदेखि संसदीय दलका सचेतकहरु सम्मिलित बैठक पछि साँझ मुख्यमन्त्रीसंग बैठक बसेको छ । सचेतकहरुको बैठकमा सहमतिकालागि विभिन्न कोणबाट छलफल भएको सचेतक साहले बताए । मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा अधिकांस योजना राखेको, मन्त्रीका जिल्लालाई सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेको र मन्त्रालयमा अबण्डा बजेट राखेको भन्दै प्रमुख प्रतिपक्ष एमाले र विपक्षी माओवादी केन्द्रले प्रदेश सभा बैठक अबरुद्ध गरेको हो । मन्त्रीले व्यक्तिगत स्वार्थ पुरा गर्ने योजना ल्याएका कारण विपक्षी सांसदहरुलाई सतापक्षका सांसदले पनि सहयोग गरेका छन् ।

भौतिक पुर्वाधार, समाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्रीले आफनो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको र मन्त्रालयमा अबण्डा बजेट राखेको विपक्षी दलका सांसदहरुको आरोप छ ।