१६ चैत्र २०८०, शुक्रबार

पहिलोपटक मधेस प्रदेशमा जनयुद्ध दिवस, प्रदेशभर सार्वजनिक बिदा

Janyuddha poster

मधेस प्रदेश सरकारले आज पहिलोपटक जनयुद्ध दिवस मनाउँदै छ।

तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह शुरू गरेको दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउने गरेको छ। तर मधेस सरकारकै तर्फबाट यो दिवस पहिलोपटक मनाउन लागिएको हो ।

यसका लागि मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । मधेश सरकारले ३ वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाइरहेको थियो ।

जनयुद्ध दिवसका अवसरमा आज सहिदका परिवारलाई सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम गर्ने मधेस सरकारको तयारी छ ।

नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको मुख्यमन्त्री लालबाबु राउतको भनाइ छ ।