१५ बैशाख २०८१, शनिबार

हेटमायर चम्कँदा वेस्ट इन्डिजको अष्ट्रेलियालाई विशाल लक्ष्य

324282.4

युवा ब्याट्सम्यान शिम्रन हेटमायर चम्कँदा वेस्ट इन्डिजले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ९७ रनको बलियो लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रन बनायो ।

वेस्ट इन्डिजका शिम्रन हेटमायरले ३६ बलमा २ चौका र ४ छक्का सहित ६१ रनको योगदान दिए । ब्राभो ३४ बलमा १ चौका र ३ छक्का सहित ४७ रनमा अविजित रहे । आन्द्रे रसेल ८ बलमा २ चौका र २ छक्का सहित २४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे ।

तेस्रो ओभरको चौथो बलमा स्पिनर एश्टन अगरले ओपनर आन्द्रे फ्लेचरलाई ९ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको तेस्रो बलमा ओपनर लेन्डन सिमन्स ३१ रनमा क्याच आउट भए । सिमन्सलाई जोश हेजलवुडले विकेटकिपर म्याथ्यु वेडबाट क्याच गराएका थिए । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

क्रिस गेललाई मिचेल मार्शले १३ रनमा बोल्ड आउट गरे। तर चौथो विकेटका लागि हेटमायर र ब्राभोले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । हेटमायर रन आउट भएका थिए । अष्ट्रेलिया जोश हेजलवुड, एश्टन अगर र मिचेल मार्शले एक एक विकेट लिए ।

जबाफी ब्याटिङ गर्दे गरेको अष्ट्रेलियाले १६ ओभरमा ११६ रन बनाउदै ७ विकेट गुमाएको छ।