२६ बैशाख २०८१, बुधबार

दोस्रो टि२० आई खेलमा वेस्ट इन्डिजको जत

324282.4

दोस्रो टि२० आई खेलमा आस्ट्रेलिया विरुद्ध वेस्ट इन्डिजको जत।

युवा ब्याट्सम्यान शिम्रन हेटमायर चम्कँदा वेस्ट इन्डिजले आस्ट्रेलियामाथी ५६ रनको जित निकालेको हो । सेन्ट लुसियामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रन बनायो ।

वेस्ट इन्डिजका शिम्रन हेटमायरले ३६ बलमा २ चौका र ४ छक्का सहित ६१ रनको योगदान दिए । ब्राभो ३४ बलमा १ चौका र ३ छक्का सहित ४७ रनमा अविजित रहे । आन्द्रे रसेल ८ बलमा २ चौका र २ छक्का सहित २४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे ।

तेस्रो ओभरको चौथो बलमा स्पिनर एश्टन अगरले ओपनर आन्द्रे फ्लेचरलाई ९ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको तेस्रो बलमा ओपनर लेन्डन सिमन्स ३१ रनमा क्याच आउट भए । सिमन्सलाई जोश हेजलवुडले विकेटकिपर म्याथ्यु वेडबाट क्याच गराएका थिए । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

क्रिस गेललाई मिचेल मार्शले १३ रनमा बोल्ड आउट गरे। तर चौथो विकेटका लागि हेटमायर र ब्राभोले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । हेटमायर रन आउट भएका थिए । अष्ट्रेलिया जोश हेजलवुड, एश्टन अगर र मिचेल मार्शले एक एक विकेट लिए ।

जबाफी ब्याटिङ गर्दे गरेको अष्ट्रेलियाले १९.२ ओभरमा १४० रन बनाउदै समपूर्ण विकेट गुमायो।